कपिलवस्तुमा तीन लाख ३६ हजार रुपैयाँ मूल्यका पटका प्रहरीद्वारा नष्ट

शुक्रबार, २० कार्तिक, २०८३
डिजिटल संस्करण

कपिलवस्तु । कपिलवस्तु प्रहरीले जिल्लाका विभिन्न स्थानबाट बरामद गरेको तीन लाख ३६ हजार रुपैयाँ मूल्यबराबरका पटका नष्ट गरेको  बताएको छ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा बरामद गरिएका पटका नष्ट गरिएको  छ ।

जिल्लाका विभिन्न प्रहरी युनिटले अवैध रूपमा भित्र्याइएका तथा बिक्री–वितरणका लागि राखिएका पटाका नियन्त्रणमा लिएका पटका नष्ट गर्ने कार्यक्रममा जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्ट, नेपाल पत्रकार महासंघ कपिलवस्तुका अध्यक्ष डिलाराम भुसाललगायत दर्जनौँ पत्रकारको सहभागिता रहेको थियो।

कार्यक्रममा प्रहरी उपरीक्षक भट्टले चाडपर्व तथा विशेष अवसरमा पटकाको प्रयोगले आगलागी, दुर्घटना, जनधनको क्षति र वातावरणीय प्रदूषणको जोखिम बढाउने बताउँदै यसको नियन्त्रणमा प्रहरी सक्रिय रहेको  बताएका छन् ।

सुझावित समाचार