गेटामा चिकित्सा शिक्षा अध्यापनको अनुमतिका लागि आयोगको अनुगमन

बुधबार, १४ असोज, २०८३
डिजिटल संस्करण

कैलालीको गेटास्थित सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयलाई चिकित्सा शिक्षा पठनपाठनको अनुमति दिनुअघि तोकिएका मापदण्डको अवस्था बुझ्न चिकित्सा शिक्षा आयोगको टोली आइपुगेको छ ।

चिकित्सा शिक्षा अध्यापनका लागि आवश्यक पूर्वाधार, शैक्षिक जनशक्ति, शिक्षण अस्पताललगायत तोकिएका मापदण्डको अवस्था बुझ्न र अनुगमन गर्न आयोगको टोली आएको हो ।

आयोगका मापदण्ड तथा प्रत्यायन निर्देशनालयका निर्देशक प्रा.डा. दीपेन्द्र श्रेष्ठ नेतृत्वको टोलीले मंगलबार विश्वविद्यालय तथा विश्वविद्यालयले शिक्षण अस्पतालका रूपमा प्रयोग गर्ने भनेर सहमति गरेको सेती प्रादेशिक अस्पतालको अनुगमन गरेको छ ।

अनुगमनपछि आयोगले मापदण्ड पूरा भए–नभएको आधारमा विश्वविद्यालयलाई चिकित्सा शिक्षा सञ्चालनको अनुमति दिने–नदिने निर्णय गर्नेछ । चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्न आयोगको अनुमति लिनुपर्ने प्रावधान छ । विश्वविद्यालयले यसै शैक्षिक सत्रबाट चिकित्सा शिक्षाको पठनपाठन सुरु गर्ने तयारी गरेको छ । 

सुझावित समाचार