अरनिको राजमार्ग पूर्ण रूपमा अवरुद्ध भएको छ । लगातारको वर्षापछि पहिरो खस्दा सडक पूर्ण रूपमा अवरुद्ध भएको हो।
आज बिहान ८:५५ बजेको समयमा काभ्रेको धुलिखेल नगरपालिका– ८ जिपलाइनस्थित अरनिको राजमार्ग सडकखण्डमा सडकमाथिबाट ढुंगामाटोसहितको पहिरो खसेर सडक पूर्ण रूपमा अवरुद्ध भएको छ ।