कांग्रेसको १५औँ महाधिवेशनमा सहभागी हुन ओली, प्रचण्ड र लामिछानेलाई निमन्त्रणा

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन प्रमुख राजनीतिक दलका शीर्ष नेताहरूलाई औपचारिक निमन्त्रणा दिएको छ।

कांग्रेसले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई उद्घाटन समारोहमा सहभागी हुन निमन्त्रणा दिएको हो।

कांग्रेसको सचिवालय व्यवस्थापन तथा सूचना समन्वय समितिका संयोजक एवं सहमहामन्त्री उदयशमशेर राणाले तीनै नेतासँग भेट गरी महाधिवेशनमा सहभागी हुन निमन्त्रणा दिएका हुन्। राणाले भेटमार्फत तीनै नेतालाई औपचारिक रूपमा निमन्त्रणा दिइएको जानकारी दिएका छन्।

कांग्रेसको १५औँ महाधिवेशनको उद्घाटन समारोह असोज १६ गते काठमाडौंको खुलामञ्चमा आयोजना हुँदै छ। महाधिवेशन असोज १६ देखि १९ गतेसम्म काठमाडौंमा हुने कांग्रेसले जनाएको छ।

कांग्रेसले उद्घाटन समारोहमा विभिन्न राजनीतिक दलका प्रतिनिधि, नेता–कार्यकर्ता, शुभेच्छुक तथा आमनागरिकलाई सहभागी हुन आग्रह गरेको छ।

सुझावित समाचार