ताराखोलामा पहिरोले पुरिएर एकजनाको मृत्यु

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

ताराखोलामा पहिरोले पुरिएर एकजनाको मृत्यु भएको छ। जिल्लाको ताराखोला गाउँपालिका–५, धस्मरका ५९ वर्षीय मनबहादुर रोकाको पहिरोले पुरिएर मुत्यु भएको हो।

बिहीबारदेखी परेको अविरल वर्षाको कारण शुक्रबार राति घरमाथिबाट खसेको पहिरोमा पुरिएर रोकाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रमुख प्रहरी उपरीक्षक फणिन्द्र प्रसाईंले जानकारी दिए।

रोका सुत्ने कोठामा पहिरो झरेको भन्दै घरमा भने आंशिक क्षति पुगेको उनको भनाइ छ। सुतिरहेको अवस्थामा रोका पहिरोमा परेको उनले बताए।

सुझावित समाचार