तिनाउमा जलसतह बढेपछि २० जना सुरक्षित स्थानमा सारिए

शनिबार, १० असोज, २०८३
डिजिटल संस्करण

तिनाउ नदीमा जलसतह बढेपछि तटीय क्षेत्रका २० जनालाई सुरक्षित स्थानमा सारिएको छ। बुटवल उपमहानगरपालिका–५ स्थित सौभाग्य नगरका केही बासिन्दालाई सुरक्षित स्थानमा सारिएको हो। इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक निशान्त श्रीवास्तवका अनुसार उनीहरूलाई कान्ति माध्यमिक विद्यालयमा सारिएको छ।

बुटवलमा तिनाउ पुलमुनिको बस्ती तथा तिनाउ नदीको तटीय क्षेत्रका विभिन्न बस्ती डुबानको जोखिममा छन्। नदीमा जलसतह बढेसँगै प्रहरीले जोखिममा रहेका बस्तीमा निगरानी बढाएको छ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जिल्लाका सम्भावित डुबान क्षेत्रलाई ध्यानमा राख्दै प्रहरी उच्च सतर्कतामा रहेको बताए। डुबानको जोखिम बढेमा प्रभावितलाई होल्डिङ सेन्टरमा ल्याउने गरी प्रहरी तयारी अवस्थामा रहेको उनले बताए।

सुझावित समाचार