यामाहा एक्सएसआर १५५ को ‘ब्लु भेरियन्ट’ सार्वजनिक

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

नेपालका लागि यामाहा दुईपाङ्ग्रे सवारी साधनको आधिकारिक वितरक एमएडब्लु राइड्स प्रालिले यामाहा एक्सएसआर १५५ को नयाँ ‘ब्लु’ कलर भेरियन्ट सार्वजनिक गरेको छ। भृकुटीमण्डपमा जारी एक्सचेन्ज मेला ‘यामाहा ब्लु फेस्ट’मा नयाँ भेरियन्ट औपचारिक रूपमा सार्वजनिक गरिएको हो।

हालै सम्पन्न नाडा अटो शोमार्फत् नेपालमा डेब्यू भएको एक्सएसआर ब्लु भेरियन्टको सुरुवाती मूल्य पाँच लाख ३४ हजार ९०० रुपैयाँ छ। नाडा अटो शोमा यो मोटर साइकल ६ दिनमै ४२८ युनिट बुकिङ भएको एमएडब्लूले जनाएको छ।

‘बिल्ट अन लिगेसी, ड्रिभन बाई पर्फर्मेन्स’को दर्शनमा आधारित यो मोटरसाइकलले आकर्षक नियो–रेट्रो लुक्स र आधुनिक पर्फर्मेन्ससहित आफ्नो छुट्टै पहिचानलाई एकसाथ समेटेको छ।

भृकुटीमण्डपमा जारी एक्सचेन्ज मेला असोज १० गतेसम्म सञ्चालन हुने छ। यामाहाले सम्पूर्ण राइडर तथा ग्राहकहरूलाई मेलामा उपस्थित भई हालै सार्वजनिक ब्लु एक्सएसआर १५५ अवलोकन र टेस्ट राइड गर्न आमन्त्रण गरेको छ।
 

See More On

सुझावित समाचार