कर्णाली याक्सको हेडगेयर पार्टनरमा प्लम्बर पाइप

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

नेपाल प्रिमियर लिग (एनपिएल)को फ्रेन्चाइज टोली कर्णाली याक्सले प्लम्बर पाइपसँगको सहकार्यलाई निरन्तरता दिएको छ। कर्णाली याक्स र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजबिच एनपिएलको तेस्रो संस्करणका लागि सम्झौता भएको हो।

सम्झौतापत्रमा बिहीबार कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्ल र जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका प्रबन्ध निर्देशक नितिन जलानले हस्ताक्षर गरेका हुन्।

सम्झौतासँगै जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजको उत्पादन प्लम्बर पाइप सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग सिजन–३ मा कर्णाली याक्सको ‘हेडगेयर पार्टनर’ रहनेछ। सम्झौता तीन वर्षको लागि भएको हो।

प्लम्बर गत सिजन कर्णाली याक्सको प्रमुख प्रायोजकका रूपमा जोडिएको थियो। यसपटक भने साझेदारीको स्वरूप परिवर्तन भए पनि प्लम्बरले कर्णाली याक्ससँगको सहकार्यलाई निरन्तरता दिएको छ।

कर्णाली याक्सका क्रिकेट निर्देशक ज्ञानेन्द्र मल्लले गत सिजनदेखि सुरु भएको प्लम्बरसँगको सहकार्यलाई यसपटक पनि निरन्तरता दिन पाउँदा खुसी लागेको बताए।

जय बागेश्वरी रोटो माउल्डिङ इन्डस्ट्रिजका नितिन जलानले भने, ‘कर्णाली याक्ससँगको हाम्रो साझेदारी केवल ब्रान्ड प्रवर्द्धनमा सीमित नभई नेपाली क्रिकेट र एनपिएलको विकासमा योगदान गर्ने प्रतिबद्धता पनि हो।’

सुझावित समाचार