एमालेले भन्यो– सुधार र रूपान्तरणको मार्गचित्र तयार, पार्टी भावनात्मक रूपमा एकजुट

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

नेकपा (एमाले)ले पार्टी रूपान्तरणको मार्गचित्र तयार भएको र भावनात्मक रूपमा एकजुट भएको दाबी गरेको छ। एमाले केन्द्रीय कमिटीले २२ बुँदे प्रस्ताव पारित गर्दै पार्टी थप एकजुट भएको जनाएको हो।

पार्टीको आन्तरिक एकतालाई सुदृढ गर्दै पार्टी पुनर्जागरण एवं सुदृढीकरणका ठोस योजना निर्माण गर्न बैठक महत्वपूर्ण रहेको महासचिव शंकर पोखरेलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

‘बैठकमा हामीले विगतमा रहेका कमीहरूको गम्भीर समीक्षा गरेका छौँ, तिनलाई सच्याउँदै आगामी दिनमा नदोहोर्याउने प्रण गरेका  छौँ र सुधार तथा रूपान्तरणको मार्गचित्र तयार गरेका छौँ,’ निर्णयमा भनिएको छ। 

पार्टीमा देखापरेका असमझदारी र अस्वस्थताहरू अन्त्य भई पार्टी भावनात्मक रूपमा थप एकजुट भएको भन्दै एमालेले केन्द्रीय कमिटीका निर्णयलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्न निर्देशन दिएको छ।

‘बैठकको यस सन्देशलाई आत्मसात गर्दै लोकतन्त्रको रक्षा र निर्वाचनको तयारीसम्बन्धी पार्टीले तय गरेका प्रमुख कार्यभारमा केन्द्रित हुन यो बैठक समग्र पार्टीपंक्तिलाई आह्वान गर्दछ,’ विज्ञप्तिमा भनिएको छ।

सुझावित समाचार