नेपाल–भारत सीमा सुरक्षा समन्वय समिति बैठक : अवैध गतिविधि नियन्त्रण र व्यापार सहजीकरणमा जोड

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

नेपाल–भारत सीमा सुरक्षा समन्वय समितिको बैठक बुधबार भारतको रक्सौलस्थित एकीकृत भन्सार जाँचचौकी (आइसिपी) परिसरमा सम्पन्न भएको छ।

बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा हुने अवैध गतिविधि नियन्त्रण तथा द्विपक्षीय व्यापार सहजीकरणका विषयमा छलफल भएको छ। सीमा क्षेत्रमा हुने चोरी–तस्करी, सीमापार आपराधिक गतिविधि नियन्त्रण, वन तथा वातावरण संरक्षण र दुई देशबिचको व्यापारलाई थप सहज तथा व्यवस्थित बनाउने विषयमा गहन छलफल भएको एक प्रहरी अधिकारीले जानकारी दिए।

बैठकमा नेपाल–भारत सीमा क्षेत्रमा हुने चोरी–तस्करी तथा अन्य अवैध गतिविधि नियन्त्रणका लागि दुवै देशका सुरक्षा निकायबिच समन्वय थप प्रभावकारी बनाउने विषयमा छलफल भएको थियो। सीमापार अपराध नियन्त्रण, वन तथा वातावरण संरक्षण र व्यापारिक गतिविधिलाई सहजीकरण गर्ने विषयलाई समेत बैठकमा प्राथमिकताका साथ उठाइएको छ।

बैठकले दुवै देशका सुरक्षा तथा प्रशासनिक निकायबिच नियमित सूचना आदान–प्रदानलाई थप प्रभावकारी बनाउँदै सीमा व्यवस्थापनलाई सुदृढ गर्ने प्रतिबद्धता जनाएको छ।

बैठकमा भारतसँग सिमाना जोडिएका बारा, पर्सासहितका प्रहरी प्रमुख, प्रमुख जिल्ला अधिकारी, सुरक्षा निकायका प्रमुख तथा वन कार्यालयका प्रतिनिधिहरू सहभागी थिए। भारतका तर्फबाट पूर्वी चम्पारण र पश्चिमी चम्पारणका जिल्ला अधिकारी (डिएम), बिहार प्रहरीका दुवै जिल्लाका प्रमुख, सशस्त्र सीमा बल (एसएसबी)का कमान्डेन्ट तथा वन कार्यालयका उच्च अधिकारी एवं प्रतिनिधिहरूको सहभागिता रहेको थियो।

सुझावित समाचार