दोभान बजारमा भीषण आगलागी, चार घर जले

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

ताप्लेजुङको दोभान बजारमा भीषण आगलागी भएको छ। आगलागीबाट हालसम्म चारवटा घर जलेका छन् भने आगो नियन्त्रणबाहिर गएको स्थानीयले बताएका छन्।

स्थानीय टंक खतिवडाका अनुसार करिब आधा घण्टाअघि सुरु भएको आगलागी तीव्र रूपमा फैलिएको हो। स्थानीयवासी तथा सुरक्षाकर्मीले आगो नियन्त्रणमा लिने प्रयास गरे पनि हालसम्म सम्भव हुन सकेको छैन।

स्थानीय टीका सुवेदीका अनुसार आगो नियन्त्रणका लागि स्थानीयवासी र सुरक्षाकर्मी निरन्तर प्रयासरत छन्। आगलागीबाट थप घर तथा संरचनामा क्षति पुग्ने जोखिम रहेको बताइएको छ।

चार वर्षअघि पनि भीषण आगलागीका कारण ठुलो क्षति व्यहोरेको दोभान बजार फेरि आगलागीको चपेटामा परेको हो।

आगलागीको कारण तथा क्षतिको विस्तृत विवरण भने आउन बाँकी छ।

सुझावित समाचार