जुफाल विमानस्थलमा सीता एयरको जहाजको पछाडिको चक्का फुत्कियो, सबै यात्रु सकुशल

बिहिबार, ८ असोज, २०८३
डिजिटल संस्करण

नेपालगन्जबाट डोल्पाको जुफालका लागि उडेको सीता एयरको जहाज अवतरणका क्रममा पछाडिको दाहिनेतर्फको चक्का फुत्किएर बाहिर निस्किएको छ।

बिहीबार बिहान ७:५७ बजे नेपालगन्जबाट उडेको जहाज जुफाल विमानस्थलमा अवतरण गर्ने क्रममा बिहान ८:२५ बजे पछाडिको दाहिनेतर्फको चक्का (टायर) फुत्किएको हो। जहाजमा चालक दलका सदस्यसहित १६ जना सवार थिए। तीमध्ये सातजना विदेशी नागरिक रहेको जनाइएको छ।

चक्का फुत्किए पनि जहाज सकुशल अवतरण भएको र जहाजमा सवार सबै यात्रु तथा चालक दलका सदस्य सुरक्षित रहेको बताइएको छ। घटनामा अन्य कुनै क्षति नभएको जनाइएको छ।

सुझावित समाचार