नेपाली कांग्रेस हेटौँडा उपमहानगरपालिकाको नगर सभापतिमा रामकृष्ण कोइराला निर्वाचित भएका छन् । कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बुधबार सम्पन्न नगर अधिवेशनमा कोइरालाले प्रतिस्पर्धी कविन सांगामीलाई नौ मतले पराजित गरेका हुन् ।
कोइरालाले २८४ मत प्राप्त गर्दा सांगामीले २७५ मत पाए । नगर सभापतिको निर्वाचनमा कुल ५८१ मत खसेको थियो । नगर उपसभापतिमा कुलप्रसाद चौलागाईं निर्वाचित भएका छन् । उनले ३०७ मत प्राप्त गर्दा प्रतिस्पर्धी कृष्णप्रसाद दुलालले २४१ मत पाए ।
नगर सचिवमा विजय पुडासैनी सर्वसम्मत चयन भएका छन् । अधिवेशनमा सभापति र उपसभापति पदका लागि मतदान भएको थियो भने बाँकी पदाधिकारी तथा सदस्य निर्विरोध निर्वाचित भएका छन् ।
कांग्रेसको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत बुधबार हेटौँडासहित मकवानपुरका १० वटै स्थानीय तहमा गाउँ तथा नगर अधिवेशन सम्पन्न भएको हो ।