प्रतिनिधिसभामा दर्ता भई लामो समयदेखि थन्किएका विधेयकहरू अघि बढाइने भएको छ। सभामुख डोलप्रसाद अर्यालको सभापतित्वमा बुधबार सम्पन्न कार्यव्यवस्था परामर्श समितिको बैठकले दर्ता भई छलफलमा जान बाँकी रहेका विधेयकहरूलाई यही असोज १६ गतेभित्रै सम्बन्धित समितिहरूमा पठाउने निर्णय गरेको हो।
त्यसका लागि असोज ८ र १२ गतेसमेत प्रतिनिधिसभाको बैठक सञ्चालन गर्ने तथा असोज ७ देखि १६ गतेसम्मको सम्भावित कार्यतालिकाभित्र उपलब्ध कार्यभार व्यवस्थापन गर्ने सम्बन्धमा समितिबाट परामर्श प्राप्त भएको सभामुखको सचिवालयले जनाएको छ।