उदयपुरको कटारी नगरपालिका– ६ स्थित भुसुने जंगलबाट प्रहरीले १८२ किलो गाँजा बरामद गरेको छ। शिखर सामुदायिक वन र गडमे खोलाबिचको ऐलानी जग्गामा रहेको झाडीमा गाँजा लुकाएर राखिएको भन्ने गोप्य सूचना पाएपछि प्रहरीले खोजतलास गरेको थियो। सो क्रममा झाडीमा लुकाइराखिएका नाै बोरा गाँजा फेला परेको प्रहरीले जनाएको छ।
बरामद गरिएको गाँजा बेवारिसे अवस्थामा लुकाएर राखिएको अवस्थामा फेला परेको हो। घटनामा संलग्न व्यक्तिको पहिचान भने खुलेको छैन। बरामद गाँजा कसले र कहाँबाट ल्याएर लुकाएको भन्ने विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।