प्रधानन्यायाधीश शर्मा नेतृत्वको टोली चीन प्रस्थान

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

प्रधानन्यायाधीश डा. मनोजकुमार शर्मा नेतृत्वको टोली चीन प्रस्थान गरेको छ। ‘चाइना ल सोसाइटी’को आयोजनामा ग्वान्झाउमा हुने चाइना फोरम अन इन्टरनेसनल लिगल कोअपरेसन कार्यक्रममा सहभागी हुन टोली आइतबार त्यसतर्फ प्रस्थान गरेको हो।

भ्रमण दलमा प्रधानन्यायाधीश शर्मासहित उनकी श्रीमती उमा शर्मा, सर्वोच्चका मुख्य रजिस्ट्रार विमल पौडेल र उपरजिस्ट्रार राजेन्द्र पौडेल सहभागी छन्। टोली असोज ८ गते स्वदेश फिर्ता हुने सर्वोच्च अदालतका प्रवक्ता सहरजिस्ट्रार अर्जुनप्रसाद कोइरालाले जानकारी दिए।
 

सुझावित समाचार