सोफा हबको दसैँ–तिहार झिलिली अफर

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

दसैँ–तिहारलाई लक्षित गर्दै सोफा उत्पादन कम्पनी ‘सोफा हब काठमाडौंले विशेष योजना सार्वजनिक गरेको छ । योजनामा थाइल्यान्ड भ्रमणदेखि विभिन्न आकर्षक उपहार, छुट तथा अन्य सुविधाका अवसर समेटिएका छन् । कम्पनीका अनुसार अफरअन्तर्गत सोफा तथा अन्य फर्निचरका सामग्री खरिद गर्ने ग्राहकले विभिन्न उपहार तथा छुटको सुविधा प्राप्त गर्नेछन् । त्यसमध्ये १० जना भाग्यशाली ग्राहकले निःशुल्क थाइल्यान्ड भ्रमणको अवसर प्राप्त गर्ने बताइएको छ ।

त्यसैगरी, ‘स्क्र्याच कार्ड’मार्फत ३५ हजार रुपैयाँबराबरको सोफा खरिद गर्दा सोही मूल्यबराबरको फ्रिज उपहार प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । ग्राहकले स्क्र्याच कार्डबाट फ्रिजसँगै इलेक्ट्रिक जग, राइसकुकर, हिटर तथा तातो–चिसो पानी राख्ने बोतललगायतका उपहार जित्न सक्नेछन् ।

त्यस्तै, टिकटक, फेसबुक, इन्स्टाग्राम र युट्युबमा सोफा हब काठमाडौंलाई फलो गर्नेहरूमध्ये एक भाग्यशाली विजेतालाई ३५ हजार रुपैयाँबराबरको सोफा निःशुल्क उपलब्ध गराइने कम्पनीले जनाएको छ । अफर अवधिमा ग्राहकले सोफा तथा फर्निचरमा ५० प्रतिशतसम्म छुट, नेपालभर निःशुल्क डेलिभरी र खरिद गरिएका उत्पादनमा १५ वर्षसम्मको ग्यारेन्टी पाउनेछन् । ग्यारेन्टी अवधिमा समस्या देखिएमा मर्मत वा प्रतिस्थापनको सुविधा पनि उपलब्ध हुने कम्पनीको भनाइ छ । ग्राहकलाई अफरको लाभ लिन तथा सम्भावित ठगीबाट जोगिन कम्पनीले आधिकारिक शाखाबाट मात्रै खरिद गर्न आग्रह गरेको छ । 

See More On

सुझावित समाचार