कामना सेवाद्वारा रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरण हस्तान्तरण

आइतबार, ४ असोज, २०८३
डिजिटल संस्करण

कामना सेवा विकास बैंक लिमिटेडले नेपाल रेडक्रस सोसाइटीलाई सर्पदंश उपचार उपकरणअन्तर्गत कार्डियो मोनिटर तथा सक्सन मेसिन हस्तान्तरण गरेको छ । बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत शाखा कार्यालय दमकमार्फत दमक पालिका– ७ स्थित स्वास्थ्य केन्द्रलाई हस्तान्तरण गरेको हो । यी उपकरण विशेषगरी सर्पदंशलगायतका आकस्मिक अवस्थाका बिरामीको उपचारमा सहयोगी हुने बैंकले विश्वास लिएको छ । 

बैंकका कोशी प्रदेश प्रमुख खिमलाल भुसालले रेडक्रस सोसाइटीकी सभापति गोमादेवी प्रसाईं बुढाथोकीलाई उक्त उपकरण हस्तान्तरण गरेका हुन् । उपकरण हस्तान्तरण कार्यक्रममा बैंकका कर्मचारी, रेडक्रस सोसाइटीका अधिकृत तथा सदस्यहरूको उपस्थिति रहेको थियो । सभापति बुढाथोकीले बैंकलाई धन्यवाद दिँदै यो सहयोगले सर्पदंशका बिरामीको स्वास्थ्य अवस्था निगरानी गर्न सहयोग पुग्ने बताइन् ।

प्रदेश प्रमुख भुसालले स्वास्थ्य सेवा समुदायको आधारभूत आवश्यकता भएकाले स्थानीयस्तरमा उपलब्ध स्रोत–साधनलाई थप प्रभावकारी बनाउन सहयोग गर्न पाउँदा बैंक गौरवान्वित भएको बताए । उनले सामाजिक उत्तरदायित्वअन्तर्गत बैंकले शिक्षा, स्वास्थ्य तथा सामाजिक सेवाका क्षेत्रमा निरन्तर सहयोग गर्दै आइरहेको जानकारी गराएका थिए । 

सुझावित समाचार