धनकुटामा लागुऔषध कारोबारको आरोपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ।
धनकुटा नगरपालिका– १, हिलेमा लागुऔषध कारोबार भइरहेको भन्ने गोप्य सूचनाका आधारमा प्रहरी चौकी हिलेबाट खटिएको टोलीले माउन्टेन होटेलबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा सुनसरीको बराहक्षेत्र नगरपालिका– २ का ३७ वर्षीय मनीष अधिकारी, बराहक्षेत्र– १ का ३१ वर्षीय अजय साह र भोजपुर नगरपालिका– ७ डाँडागाउँका ३८ वर्षीय सन्तोष खड्का रहेका छन्।
प्रहरीका अनुसार उनीहरूको साथबाट खैरो हेरोइनजस्तो देखिने तीन ग्राम ५४० मिलिग्राम लिसाइलो पदार्थ बरामद भएको छ।
पक्राउ परेका तीनैजनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा ल्याई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।