प्रकाशित ट्रेडमार्कमाथि दाबी–विरोध भए १० दिनभित्र उजुरी दिन उद्योग विभागको सूचना

बिहिबार, १ असोज, २०८३
डिजिटल संस्करण

उद्योग विभागले ट्रेडमार्क दर्ताका लागि प्राप्त आवेदनमध्ये दर्ता प्रयोजनका लागि प्रकाशित गरिएका ट्रेडमार्कमाथि दाबी–विरोध भए १० दिनभित्र उजुरी दिन सम्बन्धित पक्षलाई आग्रह गरेको छ ।

विभागको औद्योगिक सम्पत्ति शाखाले जारी गरेको सूचनाअनुसार पेटेन्ट, डिजाइन र ट्रेडमार्क ऐन, २०२२ को दफा १५ (१) बमोजिम ट्रेडमार्क दर्ताका लागि प्राप्त आवेदनहरू औद्योगिक सम्पत्ति बुलेटिनमा प्रकाशन गरिएको हो । विभागले प्रकाशित ट्रेडमार्क चिह्नमाथि कसैको दाबी वा विरोध भए बुलेटिनमा सूचना प्रकाशित भएको मितिले १० दिनभित्र उद्योग विभाग, त्रिपुरेश्वर, काठमाडौंमा रीतपूर्वक उजुरी दिन भनेको छ ।

औद्योगिक सम्पत्ति बुलेटिन उद्योग विभागको वेबसाइटबाट हेर्न सकिने विभागले जनाएको छ। विभागका अनुसार बुलेटिनमा आवेदन भएर पनि प्रकाशन नभएका ट्रेडमार्कको दाबी–विरोधसम्बन्धी सूचना आगामी औद्योगिक सम्पत्ति बुलेटिनमा समावेश गरी प्रकाशन गरिनेछ। बुलेटिनमा प्रकाशन नभएका ट्रेडमार्कका हकमा थप कारबाही प्रक्रियाका लागि विभागमा सम्पर्क गर्नसमेत सम्बन्धितलाई आग्रह गरिएको छ।

सुझावित समाचार