प्रधानमन्त्री शाहसँग जापानी राजदूत तोरूको शिष्टाचार भेट

बुधबार, ३१ भदौ, २०८३
डिजिटल संस्करण

प्रधानमन्त्री बालेन्द्र शाहसँग नेपालका लागि जापानी राजदूत माइदा तोरूले शिष्टाचार भेटवार्ता गरेका छन्। बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग जापानी राजदूत तोरूले भेटवार्ता गरेका हुन्।

भेटका क्रममा प्रधानमन्त्रीले विपतको यस परिस्थितिमा नेपाल सरकार तथा बाढी प्रभावित नागरिकप्रति जापान सरकारले देखाएको सद्भाव, सहयोग र ऐक्यबद्धताका लागि आभार व्यक्त गरे।

यस्तै, राजदूत तोरूले दुःखको यस घडीमा समवेदना प्रकट गर्दै जापान सरकारले नेपाललाई विपद्पछिको पुनर्स्थापना तथा पुनर्निर्माणमा सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे।

भेटवार्ताका क्रममा नेपाल–जापान आपसी सम्बन्धका विविध आयामहरूमा भइरहेको सहकार्यका बारेमा पनि छलफल भएको बताइएको छ।

सुझावित समाचार