प्रधानमन्त्री बालेन्द्र शाहको पहिलो विदेश भ्रमण अमेरिकाबाट सुरु हुने भएको छ । संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन उनी ६ असोजमा अमेरिका जाने तय भएको छ ।
बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले उनको भ्रमण स्वीकृत गरेको छ ।
यसअघि परराष्ट्रमन्त्री शिशिर खनाललाई महासभामा नेपालको तर्फबाट नेतृत्व गर्ने गरी पठाउने निर्णय भए पनि भोटेकोशी बाढीपछि जलवायुको संकटसम्बन्धी नेपालले भोगिरहेको पीडा सुनाउन प्रधानमन्त्री शाह आफैँ जाने तय भएको हो । भ्रमण टोलीमा परराष्ट्रमन्त्री पनि हुनेछन् । प्रधानमन्त्री शाहले ८ असोजमा महासभालाई सम्बोधन गरी भोलिपल्ट स्वदेश फर्कनेछन्। सानो टिम लिएर उनी अमेरिका जान लागेका हुन्।