धादिङको खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको मृत्यु

बुधबार, २४ भदौ, २०८३
डिजिटल संस्करण

पृथ्वी राजमार्गअन्तर्गत धादिङको थाक्रे गाउँपालिका– १, खयरघारीमा मोटरसाइकल दुर्घटना हुँदा दुईजनाको ज्यान गएको छ। बुधबार गल्छीबाट काठमाडौं जाँदै गरेको बा.५७प ४३२२ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडकबाट करिब १५–२० मिटर तल खसेकाे थियाे।

दुर्घटनामा गल्छी गाउँपालिका– ५, सागिनेका मंगले भनिने हरि तामाङ र दिनेश तामाङको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

सुझावित समाचार