भोटेकोशी बाढी प्रभावितका लागि नेपाल टेलिकमका कर्मचारीको दुई करोड दुई लाख सहयोग

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

नेपाल टेलिकममा कार्यरत कर्मचारीहरूले भोटेकोशी बाढी प्रभावितको राहत, उद्धार तथा पुनर्स्थापनाका लागि प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा दुई करोड दुई लाख २६ हजार ६६ रुपैयाँ सहयोग गरेका छन्।

भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित विभिन्न जिल्लाका नागरिकलाई सहयोग पुर्याउने उद्देश्यले कम्पनीमा कार्यरत सम्पूर्ण कर्मचारीका तर्फबाट उक्त रकम उपलब्ध गराइएको हो।

आइतबार नेपाल टेलिकमकी प्रबन्ध निर्देशक संगीता पहाडी (अर्याल)ले कर्मचारीका तर्फबाट संकलित रकम अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई हस्तान्तरण गरेकी हुन्।

नेपाल टेलिकमका विभिन्न तहमा कार्यरत कर्मचारीको तलबबाट तहगत योगदानका आधारमा रकम कट्टा गरी सहयोग संकलन गरिएको कम्पनीले जनाएको छ। संकलित रकम प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा जम्मा गरिएको हो।

रकम हस्तान्तरण कार्यक्रममा नेपाल टेलिकम सञ्चालक समितिका सदस्य एवं अर्थ मन्त्रालयका सहसचिव टंकप्रसाद पाण्डेय, कर्मचारी प्रतिनिधिका रूपमा सञ्चालक समिति सदस्य लोकबहादुर कटुवाल, प्रमुख वित्तीय अधिकृत द्वारिकाप्रसाद पौडेल र प्रमुख मानव संसाधन अधिकृत निर्झर भट्टराई सहभागी थिए।

सुझावित समाचार