ट्रिप इन होटेल समूहद्वारा प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ सहयोग

सोमबार, २२ भदौ, २०८३
डिजिटल संस्करण

नेपाली व्यवसायीहरूद्वारा सञ्चालित युरोपको ट्रिप इन होटेल समूहले नेपालका बाढीपीडितको उद्धार तथा राहतका लागि ५१ लाख रुपैयाँ सहयोग प्रदान गरेको छ । 

ट्रिप इन होटेल समूहको कल्याणकारी संस्था ‘हेल्पिङ ह्यान्ड्स’ले सोमबार प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ५१ लाख रुपैयाँ जम्मा गरेको हो । उक्त रकम कोषको खातामा जम्मा गरिएको समूहले जनाएको छ ।

‘देशले यतिखेर ठुलो विपत्तिको सामना गर्नुपरेको छ,’ समूहका तर्फबाट सञ्चालक जीवा लामिछानेले भने, ‘यस्तो कठिन घडीमा उद्धार र राहतको काम प्रभावकारी रूपमा सम्पन्न गर्न सरकारलाई सहयोग पुगोस् भन्ने हाम्रो उद्देश्य हो । यस्तो वेला हामी सबैले आफूले सकेको योगदान गर्नुपर्छ । रकम ठुलो वा सानो हुन सक्छ, तर यतिखेर देशले भावनात्मक र मनोवैज्ञानिक ऐक्यबद्धता पनि खोजेको छ ।’
 

सुझावित समाचार