नुवाकोटको देवीघाटस्थित तादी नदीमाथि बेलिब्रिज जडानको काम अघि बढेको छ। नेपाली सेनाले शुक्रबारदेखि नै पुल जडान गर्न थालेको हो।
गजुरीमा राखिएको बेलिब्रिजलाई लगेर जडान गर्न थालिएको हो। १० भदौमा आएको बाढीले पुल बगाएको थियो।
अत्यावश्यक ठाउँमा तत्कालै बेलिब्रिज जडानको गृहकार्य भइरहेको सरकारले जनाएको छ। बाढीले रसुवा, नुवाकोट र धादिङमा ३५ भन्दा धेरै पुल बगाएकाे छ।
चीनबाट समेत दुईवटा बेलिब्रिज ल्याइएको छ।