बाढी प्रभावित क्षेत्रमा दिउँसो भारी वर्षाको सम्भावना

शुक्रबार, १९ भदौ, २०८३
डिजिटल संस्करण

जल तथा मौसम विज्ञान विभागले भोटेकोशी बाढी प्रभावित जिल्ला रसुवालगायत देशका विभिन्न स्थानमा आज दिउँसो भारी वर्षाको सम्भावना रहेको जनाएको छ। मनसुनी वायुको प्रभाव र न्यूनचापीय रेखा सरदर स्थानआसपास रहेकाले अझै तीन दिन वर्षाको जोखिम कायम रहने विभागको आकलन छ।

विभागकी मौसमविद् विनु महर्जनका अनुसार रसुवाको पहाडी भू-भागमा आज दिउँसो भारी वर्षा र अन्य बाढी प्रभावित क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ। 

सुझावित समाचार