मकवानपुरको हेटौँडा उपमहानगरपालिका–१५, पिपलबोटस्थित महेन्द्र राजमार्गमा माइक्रो र सुमो गाडी एकापसमा ठोक्किँदा ११ जना घाइते भएका छन्।
आइतबार दिउँसो साढे १२ बजेतिर काठमाडौंबाट वीरगन्जतर्फ जाँदै गरेको बा प्र ०६–००१ ज ०६९७ नम्बरको यात्रुवाहक माइक्रो र विपरीत दिशाबाट आउँदै गरेको ना १ ज ५८७३ नम्बरको यात्रुवाहक सुमो एकापसमा ठक्कर खाएका हुन्।
दुर्घटनामा सुमोचालकसहित सुमोमा सवार ६ जना तथा माइक्रोचालकसहित माइक्रोमा सवार ५ जना गरी ११ जना घाइते भएका प्रहरीले जनाएको छ। घाइतेहरूलाई उपचारका लागि हेटौँडा अस्पताल, मकवानपुरमा ल्याइएको छ। सबै घाइतेको सोही अस्पतालमा उपचार भइरहेको छ।