जिपले सिटी सफारीलाई ठक्कर दिँदा पाँचजना घाइते

मंगलबार, ९ भदौ, २०८३
डिजिटल संस्करण

सुनसरीको इटहरी उपमहानगरपालिकामा जिपले सिटी सफारीलाई ठक्कर दिँदा चालकसहित पाँचजना घाइते भएका छन्।

इटहरी– १७, पकलीस्थित सशस्त्र ब्यारेकनजिक पूर्व–पश्चिम राजमार्गमा इटहरीबाट झुम्कातर्फ जाँदै गरेको प्रदेश १–०२–००४ ह ४२४७ नम्बरको सिटी सफारीलाई सोही दिशाबाट आउँदै गरेको जिपले ठक्कर दिएको हो।

घाइतेहरूको विराटनगरस्थित टिचिङ अस्पताल र स्थानीय सान्वी सिटी हस्पिटलमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

सुझावित समाचार