नेपाली कांग्रेसको केन्द्रीय निर्वाचन समितिले १५औं महाधिवेशनअन्तर्गत विभिन्न तह र निकायको अधिवेशनको कार्यतालिका परिमार्जन गरेको छ।
निर्वाचन समितिले असोज १६ देखि १९ गतेसम्म सम्पन्न हुने गरी तय भएको १५औं महाधिवेशनका लागि सोमबार विभिन्न तह र निकायको अधिवेशनको परिमार्जित क्यालेन्डर सार्वजनिक गरेको हो।
पार्टीभित्र संवाद र सहमतिको वातावरण बनाउन तथा वर्षातको मौसमका कारण प्रतिकूल प्रभाव पार्नसक्ने भनी तहगत कार्यसमितिबाट आएको सुझावका आधारमा कार्यतालिका परिमार्जन गरेको निर्वाचन समितिले जनाएको छ।

