आन्तरिक राजस्व लहानका कर अधिकृत र चार्टर्ड एकाउन्टेन्टविरुद्ध भ्रष्टाचार मुद्दा

मंगलबार, २ भदौ, २०८३
डिजिटल संस्करण

सिराहाको लहान नगरपालिका– ६ स्थित आन्तरिक राजस्व कार्यालयका कर अधिकृत युवराज एम.एस. पालविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ। सेवाग्राहीसँग बर्गेनिङ गरी घुस लिएको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मंगलबार मुद्दा दर्ता गराएको हो।

बर्दीबास कार्यालयबाट  खटिएको अख्तियारको टोलीले कर अधिकृत पाललाई सेवाग्राहीसँग पाँच लाख रुपैयाँ घुस लिइसकेको अवस्थामा नियन्त्रणमा लिएको थियो।

पालले कर फर्स्याेटका लागि सेवाग्राहीले पेस गरेका बिलबिजकहरू नमिलेको भन्दै चार्टर्ड एकाउन्टेन्ट रामरिझन यादवमार्फत घुस लिने गरेको अनुसन्धानबाट खुलेको अख्तियारले जनाएको छ।

अख्तियारले चार्टर्ड एकाउन्टेन्ट यादवलाई समेत प्रतिवादी कायम गरेको छ। यादवले राष्ट्रसेवक कर्मचारीलाई घुस लिन लगाएको र सेवाग्राहीलाई घुस दिन लगाई दुरुत्साहन गरेको आरोपपत्रमा उल्लेख छ।

सुझावित समाचार