महोत्तरीको गौशाला नगरपालिका- ४, विर्तानिवासी लक्ष्मण महतोकी ६५ वर्षीया श्रीमती राजकुमारीदेवी महतो पोखरीमा हात धुन गएका वेला डुबेर मृत्यु भएको छ।
वडा नं. २ स्थित सार्वजनिक ठाकुर पोखरीमा उनी हातधुन गएको बेला डुबेर मृत्यु भएको परिवारलाई उद्धृत गर्दै प्रहरीले जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीका डिएसपी पञ्चलाल गोलेले प्रारम्भिक जानकारी हात धुने वेला डुबेको आए पनि अनुसन्धान भइरहेको बताए। उनले शवको पोस्टमार्टम रिपोर्टले थप खुल्ने बताए।