सन् १९४२ : अमेरिकी सेनाले अति गोप्य कार्यक्रमअन्तर्गत ‘म्यानह्याटर प्रोजेक्ट’ सुरु गर्यो । यस परियोजनाले तीन वर्षपछि विश्वको पहिलो आणविक बम बनाएको थियो ।
सन् १५२१ : ९३ दिन लामो नाकाबन्दीपछि स्पेनिस सैन्य अधिकारी हरनान कोर्टेसले सम्राट् कुआउटेमोक कब्जा गरेसँगै अमेरिकी महादेशको प्राचीन ‘एजटेक साम्राज्य’ ढल्यो । योसँगै अमेरिकी महादेशमा स्पेनिस उपनिवेशको जग बस्यो ।
सन् १७८४ : ब्रिटिस संसद्ले ‘इस्ट इन्डिया कम्पनी एक्ट, १७८४’ पास गरेसँगै भारत उपमाद्विपमा रहेको इस्ट इन्डिया कम्पनीको उपनिवेश ब्रिटिस सरकारको नियन्त्रणमा आयो ।
सन् १७९२ : फ्रेन्च सशस्त्र क्रान्तिकारीले ‘ट्विलरी दरबार’ कब्जामा लिएको तीन दिनपछि राजा लुई सोह्रौँ र रानी म्यारी एन्टोइनेटलाई कैदमा लिए । यस घटनाले फ्रान्समा राजतन्त्र अन्त्यलाई तीव्र बनाइदियो ।
सन् १८९८ : स्पेनिस–अमेरिकी गृहयुद्धको क्रममा अमेरिकी सेनाले स्पेनिस उपनिवेश फिलिपिन्स कब्जामा लियो ।
सन् १९१० : ‘क्रिमिया युद्ध’का क्रममा आधुनिक नर्स पेसाको जग बसाएकी चर्चित ब्रिटिस नर्स फ्लोरेन्स नाइटिंगेलको निधन भयो ।
सन् १९२० : डिजाइनर मार्कस गार्भेले तयार गरेको तीन रंग रातो, कालो र हरियो छड्के रहेको झन्डा समग्र अफ्रिकालाई जनाउने झन्डाका रूपमा स्विकारियो ।
सन् १९६१ : मध्यरातबाट बर्लिनको पूर्वजर्मनीको शासन रहेका क्षेत्रमा बर्लिन पर्खाल निर्माण सुरु भयो ।
सन् १९९३ : अमेरिकी अदालतले राष्ट्रपति कार्यालय र संघीय एजेन्सीलाई आफूहरूले पठाएका र पाएका सबै इमेलको रेकर्ड बनाएर राख्न निर्देशन दियो ।
सन् २०१४ : इरानी गणितज्ञ मरयम मिरजाखानी गणित क्षेत्रको नोबेल पुरस्कार मानिने फिल्ड्स मेडल जित्ने पहिलो महिला बनिन् । तथापि, तीन वर्षपछि नै उनको स्तन क्यान्सरका कारण मृत्यु भयो ।