एनआइडी अद्यावधिक गर्न एनआइसीको आग्रह

मंगलबार, २६ साउन, २०८३
डिजिटल संस्करण

एनआइसी एसिया बैंकले बैंकमा खाता रहेका ग्राहकलाई राष्ट्रिय परिचयपत्र (एनआइडी) विवरण अद्यावधिक गर्न आग्रह गरेको छ । बैंकले सम्बन्धित बैंक खातावालाले एनआइडी विवरण भए–नभएको स्वघोषणा गरी अद्यावधिक गर्न भनेको हो । यसका लागि बैंकले असोज मसान्तसम्मको समय दिएको छ । 

बैंकका अनुसार ग्राहकले विवरण अद्यावधिक गर्न बैंकको मोबाइल बैंकिङ एप वा बैंकको वेबसाइटमा उपलब्ध आइसर्भबाट सजिलैसँग एनआइडी विवरण भए–नभएको स्वघोषणा वा अद्यावधिक गर्न सक्नेछन् ।

त्यसैगरी, विदेशमा रहेका नेपालीले अनलाइनमार्फत एनआइडी वा एनआइडीको नम्बरबाहेक अन्य कागजातका आधारमा पनि खाता खोल्न सक्ने जनाएको छ । साथै, यसरी खोलिने खाताका सम्बन्धित खातावाला नेपाल फर्किएपछि ३५ दिनभित्र एनआइडी विवरण अद्यावधिक गर्नुपर्नेछ । 

See More On

सुझावित समाचार