दुई सय सात केजी लागुऔषध गाँजासहित पिकअपचालक पक्राउ

बुधबार, २० साउन, २०८३
डिजिटल संस्करण

पर्सा प्रहरीले २०७ केजी लागुऔषध गाँजासहित पिकअप र चालकलाई नियन्त्रणमा लिएको छ । पक्राउ पर्नेमा प्रदेश ३–०१–२४ च ५३८५ नम्बरको टाटा पिकअपका सवारीचालक मकवानपुरको हेटौँडा उपमहानगरपालिका– १३ निवासी ४८ वर्षीय कृष्णा लामा रहेको प्रहरीले जनाएको छ । 

प्रहरीले मंगलबार साँझ करिब ६:३० बजेको समयमा विन्दवासिनी गाउँपालिका– ५ स्थित सडकखण्डमा पिकअपभित्र सिमेन्टको बोरामा लुकाइछिपाई राखिएको २०७ केजी गाँजा बरामद भएको पर्साका प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । उनका अनुसार बरामद भएको गाँजा भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले नियन्त्रणमा लिएको उनले बताए । 

बरामद गाँजा, पिकअप गाडी र चालकलाई नियन्त्रणमा लिई लागुऔषधसम्बन्धी कसुरमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक मल्लले बताए ।
 

See More On

सुझावित समाचार