बर्दिया राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा भाले गैँडा मृत अवस्था फेला परेको छ । गेरुवागाउँपालिका- ६ मा पर्ने मध्यवर्ती सामुदायिक वन, सेजनाघाट क्षेत्रमा भाले गैँडा मृत अवस्था फेला परेको हाे ।
२२ वर्षको भाले गैँडा शनिबार मृत अवस्थामा फेला परेको बर्दिया राष्ट्रिय निकुञ्जका संरक्षण अधिकृत एवं सूचना अधिकारी महेश न्यौपानेले जानकारी दिए । उनले भने, मृत भाले गैँडा एक–आपसमा जुधेर मरेको हुन सक्छ।’