लक्ष्मी सनराइजको ऋणपत्र बिक्री खुल्यो

शुक्रबार, १५ साउन, २०८३
डिजिटल संस्करण

लक्ष्मी सन्राइज बैंकको ऋणपत्र बिक्री खुला भएको छ । बैंकले बिहीबारबाट तीन अर्ब रुपैयाँबराबर प्रतिकित्ता एक हजारका दरले ३० लाख कित्ता ऋणपत्र बिक्री खुला गरेको हो । ‘७ प्रतिशत लक्ष्मी सन्राइज डिबेन्चर २०९२’ को अवधि १० वर्ष र वार्षिक ब्याजदर ७ प्रतिशत हुने बताइएको छ ।

कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात् एक अर्ब ८० करोड रुपैयाँबराबरको १८ लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बाँडफाँट गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात् एक अर्ब २० करोड रुपैयाँबराबरको १२ लाख कित्ता सर्वसाधारणमा निष्कासन गरिने बताइएको छ । साथै, सर्वसाधारणमा निष्कासन हुनेमध्ये ६० हजार कित्ता ऋणपत्र सामूहिक लगानी कोषहरूका लागि छुट्याइएको बैंकले जनाएको छ । 

सुझावित समाचार