बर्दियामा जबर्जस्ती करणी उद्योगका फरार कसुरदार पक्राउ

आइतबार, १० साउन, २०८३
डिजिटल संस्करण

जबर्जस्ती करणी उद्योगको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका कसुरदार पक्राउ परेका छन्। जबर्जस्ती करणी उद्योगको मुद्दामा अदालतबाट दोषी ठहर भई फरार रहेका ठाकुरबाबा नगरपालिका– ५ का ४३ वर्षीय कलिराम थारू पक्राउ परेका हुन्।

साउन ८ गते जबर्जस्ती करणी उद्योग मुद्दामा अदालतबाट कैद सजाय सुनाइएपछि फरार रहेका थारूलाई प्रहरीको टोलीले आफ्नै घरमा लुकिछिपी बसिरहेको अवस्थामा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रेशम बोहराले बताए।

प्रहरीका अनुसार १२ जेठ  ०८० मा १३ वर्षीया बालिकामाथि जबर्जस्ती करणीको प्रयास गरेको आरोपमा पीडित पक्षले १३ जेठमा  इलाका प्रहरी कार्यालय बगनाहामा जाहेरी दिएका थिए। ३ असार  ०८० मा जबर्जस्ती करणी उद्योगको अभियोगमा जिल्ला अदालत बर्दियामा मुद्दा दर्ता भएको थियो। बर्दिया जिल्ला अदालतका न्यायाधीश कैलाशप्रसाद सुवेदीको इजलासले ०८० मंसिर १३ गते जबर्जस्ती करणी उद्योग मुद्दामा थारूलाई दुई वर्ष पाँच महिना पाँच दिन कैद, रु. २५ हजार जरिवाना तथा पीडित राहत कोषमा रु. १ हजार जम्मा गर्नुपर्ने फैसला गरेको थियो।

अदालतको फैसला कार्यान्वयनका क्रममा फरार रहेका थारूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

सुझावित समाचार