मधेश प्रदेशका पूर्वअर्थमन्त्री र सचिवसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण

मधेश प्रदेशका तत्कालीन अर्थमन्त्री शैलेन्द्रकुमार साहसहित सातजनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

सर्लाहीको बागमती फनपार्क एन्ड रिसोर्ट निर्माणको ठेक्कामा अनियमितता गरेको आरोपमा तत्कालीन मन्त्री साहसहित तत्कालीन सचिव गजेन्द्रकुमार ठाकुर, बागमती नगरपालिकाका तत्कालीन नगर प्रमुख भरतकुमार थापा, उपप्रमुख लीलाकुमारी मोक्तान, प्रशासकीय अधिकृत विमलकुमार पोखरेल, उपसचिव उद्धवराज न्यौपाने तथा बिकोई–धुलिखेल जेभीका प्रतिनिधि युवराज पोखरेलविरुद्ध मुद्दा दायर भएको हो।

सो ठेक्कामा ३५ करोड अनियमितता भएको आयोगको आरोप छ। साह २०७८ मा तत्कालीन लालबाबु राउत नेतृत्वको सरकारमा जसपाबाट अर्थमन्त्री बनेका थिए।

 

सुझावित समाचार