बिपीको विचारलाई व्यवहारमा उतार्नुपर्छ, तस्बिर भित्तामा सजाएर पुग्दैन : आङ्देम्बे

बिहिबार, ७ साउन, २०८३
डिजिटल संस्करण
बिपीको विचारलाई व्यवहारमा उतार्नुपर्छ, तस्बिर भित्तामा सजाएर पुग्दैन : आङ्देम्बे

तस्बिर : संजित परियार/नयाँ पत्रिका

नेपाली कांग्रेस प्रतिनिधिसभा संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले बिपीको तस्बिरलाई भित्तामा झुन्ड्याएर मात्र नहुने बताएका छन्।

हिजोको राजनीति बिपीको तस्बिर भित्तामा सजाउन सीमित भएको टिप्पणी गर्दै आङ्देम्बेले बिपीको विचारलाई व्यवहारमा उतार्नुपर्नेमा जोड दिए। बिपी कोइराला स्मृति दिवसका अवसरमा कांग्रेसले बिहीबार आयोजना गरेको कार्यक्रममा उनले यस्तो बताएका हुन्।

‘बिपीको तस्बिरलाई भित्तामा झुन्ड्याएको देख्दै आएको राजनीतिलाई चिन्तनमा, व्यवहारलाई रूपान्तरित गर्ने कहिले ? यो प्रश्न निरन्तर उठेको पनि हो । त्यसकारण यो नवीन परिस्थिति, संकल्प र अभियानमा हामीले बिपीलाई भित्तामा राखेर होइन, नवीन चिन्तनलाई व्यवहारमा उतारेर अघि बढ्नु छ,’ उनले भने।

सुझावित समाचार