पहिरोका कारण कालिगण्डकी करिडोरकाे बागलुङ खण्ड अवरुद्ध

शनिबार, २ साउन, २०८३
डिजिटल संस्करण

पहिरोका कारण कालिगण्डकी करिडोर बागलुङ खण्ड अवरुद्ध भएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं. ८ छिस्ती बेलबगर चौरीखोला पुल नजिकै सडक माथिबाट आएको  पहिरोका कारण करिडोर बागलुङ खण्ड पूर्ण रुपमा बन्द भएको हो । 

जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माका अनुसार बिहिबार रातीबाट नै पहिरो खस्न सुरु गरेपछि शुक्रबार पहिरो हटाउने प्रयास गरिएको थियो तर साँझ ४ बजे झनै ठुलो पहिरो आएपश्चात सडक पुर्ण रुपमा बन्द भएको छ ।

पहिरोका कारण कालिगण्डकी करिडोर हुँदै मुक्तिनाथ जाने पर्यटकहरु समेत अवरुद्ध परेका छन्् । यसैगरी बागलुङ हुँदै पाल्पा-बुटबल जाने यात्रुहरु पनि फर्किन बाध्य भएका छन् । पहिरोका कारण जैमिनी नगरपालिका–८ छिस्ती जाने मुख्य सडक पनि अवरुद्ध भएको उपप्रमुख शर्माले जानकारी दिए ।

पहिरो हटाउनका निम्ती कालिगण्डकी करिडोर आयोजनासँग समन्वय भएको जिल्ला प्रहरी कार्यालय बागलुङका प्रहरी नायब उपरिक्षक रामेश्वर त्वातीले जानकारी दिए ।

प्रहरीका अनुसार अहिले पनि पहिरो माथिबाट झर्ने क्रम जारी रहेको हुँदा हटाउन समय लाग्ने भएको छ । ‘पहिरो माथिबाट बगिरहेको भन्ने रिर्पोट हामीसँग आएको छ । पहिराे ठुलो भएका कारण हटाउनका निम्ती समय लाग्ने देखिएको छ,' डिएसपी त्वातीले भने, ‘हामीले सबै निकायसँग समन्वय गरेका छौँ, मौसमले साथ दिएमा शनिबार साँझसम्म एकतर्फि सडक संचालन गर्न सकिएला ।' 

See More On

सुझावित समाचार