साउन लागेसँगै सेयर बजारमा उच्च अंकको वृद्धि भएको छ । साताको अन्तिम दिन शुक्रबार प्रि–ओपनमा दुई अंकले बढेको बजार ७९.९४ अंकले बढेर बन्द भएको छ । यसमा दिनभरि नै बजार क्रमशः बढिनै रह्याे । बढेको अंकसँगै नेप्से इन्डेक्स २६७७.७४ विन्दुमा पुगेको छ ।
जसमा साढे चार अर्बको कारोबार भएको छ । शुक्रबार सबै समूहगत सूचक बढेका छन् भने जलविद्युत्, लगानी र उत्पादन समूह चार प्रतिशतभन्दा धेरै बढेको छ । २५७ कम्पनीको मूल्य बढेको छ भने १४ कम्पनीको घटेको छ । तीनवटाको मूल्य स्थिर भएको छ ।