आफू नेपाल प्रहरीको असइ भएको भन्दै धम्क्याएर पैसा असुलेको आरोपमा एक युवती पक्राउ परेकी छिन्। इलाम घर भई गल्कोपाखा बस्ने ३३ वर्षीया दीपिका बोहरा तामाङलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले पक्राउ गरेको हो।
उनले आफू प्रहरी भएको विश्वासमा पार्न असइको पोसाकसमेत लगाउने गरेकी थिइन्। त्यसरी उनले एक व्यक्तिसँग १५ लाख ५० हजार असुलेकी थिइन्। उनलाई आपराधिक लाभ मुद्दाका कारबाही प्रक्रिया अघि बढाइएको एसपी रामेश्वर कार्कीले जानकारी दिए।