सरकारले बर्दिया जिल्लाको बढैयाताल गाउँपालिका– ४ का २९ जना भूमिहीन दलित तथा भूमिहीन सुकुमवासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा (लालपुर्जा) वितरण गरेको छ।
लामो समयदेखि आफ्नो नाममा जग्गाको स्वामित्वबाट वञ्चित रहेका स्थानीयले लालपुर्जा प्राप्त गरेसँगै कानुनी रूपमा जग्गाधनी बनेको भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री प्रतिभा रावलले जानकारी दिइन्।
लालपुर्जा वितरणसँगै उनीहरूले आफ्नो जग्गामाथि कानुनी स्वामित्व प्राप्त गर्नुका साथै आवश्यक परेमा बैंकिङ सेवा, ऋण सुविधा तथा अन्य सरकारी सेवामा समेत सहज पहुँच पाउने अपेक्षा गरिएको उनको भनाइ छ ।
स्थानीयवासीले वर्षौँदेखिको जग्गा स्वामित्वको समस्या समाधान भएको भन्दै खुसी व्यक्त गरेका छन्।