अखिल नेपाल फुटबल संघका पूर्वअध्यक्ष कर्माछिरिङ शेर्पा रिहा भएका छन्। अदालतको आदेशमा उनी रिहा भएका हुन्।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले गत शुक्रबार उनलाई पक्राउ गरेको थियो। टुंगरम इन्टरनेसनल एकेडेमीको विवादमा उनी पक्राउ परेका हुन्। शेर्पा सो विद्यालयका पूर्वअध्यक्ष हुन्। विद्यालयको रकम हिनामिना गरेको भनेर दुई वर्षअघि परेको उजुरीमा उनी पक्राउ परेका थिए। तर, अदालतले म्याद नदिएपछि उनी छुटेका हुन्।
सो विद्यालय र शेर्पाबिच केही समययता विवाद चल्दै आएको छ। विद्यालयले हदबन्दीको जग्गा बिक्री गरेको विषयमा पनि अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान गरिरहेको छ।