बाँकेमा एम्बुलेन्स दुर्घटना हुँदा चारजना घाइते

मंगलबार, १६ असार, २०८३
डिजिटल संस्करण

बाँकेको बैजनाथ गाउँपालिका–१, हात्तीसारस्थित रत्न राजमार्गमा रुकुमदेखि नेपालगन्जतर्फ आउँदै गरेको एम्बुलेन्स दुर्घटना हुँदा चालकसहित चारजना घाइते भएका छन्।

रुकुम पश्चिम चौरजहारी नगरपालिका– ५ निवासी ३४ वर्षीय दीपेश ढकालले चलाएको भे १ झ ३६५ नम्बरको एम्बुलेन्स अर्को सवारीलाई साइड दिने क्रममा अनियन्त्रित भई सडकछेउको नालामा पल्टिएको प्रहरीले जनाएको छ।

दुर्घटनामा चालक ढकालसहित एम्बुलेन्समा सवार चौरजहारी– १० निवासी २७ वर्षीय मदन बुढा, ३६ वर्षीया सुनीता रेग्मी र ७२ वर्षीया लीलावती बुढा घाइते भएका छन्।

प्रहरीका अनुसार घाइते सबैलाई उपचारका लागि कोहलपुर मेडिकल कलेज पठाइएको र उनीहरूको अवस्था मध्यम छ।

सुझावित समाचार