जिल्ला प्रहरी परिसर काठमाडौंले स्कुटर चोरीमा संलग्न ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार असार १३ गते साँझ करिब ६:३० बजे काठमाडौं महानगरपालिका– ७ स्थित दिव्य पार्टी प्यालेसको पार्किङमा राखिएको बा.६८प ७०७३ नम्बरको होन्डा एभिएटर स्कुटर चोरी भएको भन्ने उजुरी प्राप्त भएपछि प्रहरी वृत्त गौशाला र महाराजगन्जबाट खटिएको टोलीले खोजतलास गरेको थियो।
खोजीका क्रममा प्रहरीले चोरीमा संलग्न ६ जनालाई नियन्त्रणमा लिई तीनवटा चोरी भएका स्कुटर बरामद गरेको जनाएको छ।
पक्राउ परेकामाथि काठमाडौं जिल्ला अदालतबाट चोरी गर्न नहुने कसुरअन्तर्गत पाँच दिनको म्याद थप अनुमति लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।