उपत्यका ट्राफिकद्वारा एकैदिन ८० ट्याक्सी नियन्त्रण

आइतबार, १४ असार, २०८३
डिजिटल संस्करण

उपत्यका ट्राफिक प्रहरी कार्यालयले एकैदिन ८० भन्दा धेरै ट्याक्सी नियन्त्रणमा लिएको छ। कालो सिसा राखेर चलाउने सवारीसाधनविरुद्धको कारबाही अभियानमा ट्याक्सीलाई नियन्त्रणमा लिइएको उपत्यका ट्राफिकका एसपी नरेशराज सुवेदीले बताए। 

कालो सिसा लगाइएका सवारीसाधनमा आपराधिक गतिविधि हुन सक्ने भएकाले नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। यस्ता सवारीसाधनलाई न्यूनतम ७ हजार पाँच सय जरिवाना तिराएर ट्राफिक प्रहरीले कालो स्टिकर निकाल्ने गरेको छ। 

अन्य निजी ८० भन्दा धेरै गाडीलाई पनि कारबाही गरिएको एसपी सुवेदीले बताए। 

सुझावित समाचार