गुटबन्दीको प्रयास गर्नेलाई कारबाही गर्न रवि लामिछानेलाई मनीष झाको आग्रह

शुक्रबार, १२ असार, २०८३
डिजिटल संस्करण

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री पदका उम्मेदवार मनीष झाले पार्टीभित्र गुटबन्दीको प्रयास भएको दाबी गर्दै त्यस्ता गतिविधिमा संलग्नमाथि कारबाही गर्न सभापति रवि लामिछानेलाई आग्रह गरेका छन्।

चितवनमा जारी महाधिवेशनस्थलमा शुक्रबार सञ्चारकर्मीसँग कुरा गर्दै झाले संस्थापन पक्ष एकताबद्ध रहेको अवस्थामा गुटबन्दीको प्रयास अस्वीकार्य हुने बताए। उनले भने, ‘संस्थापन पक्ष एकजुट हुनुभएको छ भने आदरणीय रवि लामिछानेज्यूलाई मेरो आग्रह छ– गुटबन्दीको प्रयास गर्नेहरूलाई कारबाही गर्नुस्।’

महामन्त्री पदको निर्वाचनबारे बोल्दै झाले मतदाताबाट आफूले सकारात्मक प्रतिक्रिया पाएको दाबी गरे। उनले निर्वाचनको नतिजा आफ्नो पक्षमा आउने विश्वाससमेत व्यक्त गरे।

See More On

सुझावित समाचार