घरमा आगलागी हुँदा धनकुटामा चार लाखभन्दा बढीको क्षति

सोमबार, ८ असार, २०८३
डिजिटल संस्करण

धनकुटाको महालक्ष्मी नगरपालिका– ५, लेगुवास्थित शिवरात्रि टोलको एक घरमा आगलागी हुँदा चार लाख रुपैयाँभन्दा बढीको क्षति भएको छ।

आज सोमबार बिहान करिब ४ बजेतिर विद्युत् सर्ट भएर आगलागी भएको प्रहरीले बताएको छ। आगलागीबाट स्थानीय शिवकुमार तुम्बाको टिनको छानो भएको काठले बनेको दुईतले कच्ची घर नष्ट भएको छ। 

खाद्यान्न, लत्ताकपडा र काठपात जल्दा तुम्बाको करिब दुई लाख ७० हजार रुपैयाँबराबरको क्षति भएको प्रहरीले बताए। सोही घरमा भाडामा बस्दै आएकी संखुवासभा पाँचखपन नगरपालिका– ७ की मीना चापागाईंको खाद्यान्न, लत्ताकपडा, भाँडावर्तन, ल्यापटप, टिभी र मोबाइल जल्दा एक लाख ५२ हजारबराबरको क्षति भएको छ।

आगो प्रहरी र स्थानीयवासीको सक्रियतामा करिब एक घण्टापछि नियन्त्रणमा लिइएको थियो।

सुझावित समाचार